धान-गहुँ खेती प्रणालीमा पोटासियमयुक्त मल थप्न विज्ञकाे सिफारिस

इन्भेष्टोपेपर । चैत्र १०, २०७७

वर्षेनी हुने मलखादको अभावसंगै रासायनिक मल कारखाना स्थापनाको चर्चा भैरहेको छ | बाली-विरुवाको उचित बृद्दि-विकासका लागि नाईट्रोजन, फस्फरस, पोटास संगै अन्य १४ ओटा तत्वहरुको आवस्यकता पर्दछ | यद्यपी नाईट्रोजन तत्व (मुख्य श्रोत युरिया) को ब्यापक चर्चा हुने र किसानपनि यसको प्रयोगमा अभ्यस्त भैसकेका छन् |

नाईट्रोजनको प्रयोगले केहि हदसम्म उत्पादन बढाउन मद्दत गर्छ तर लगातार यसको प्रयोगले माटोमा हुने अन्य तत्वहरुको प्रभावमा फेरबदल गराई माटोको गुणस्तरमा कमि आउनुका साथै वातावारणमा समेत प्रतिकुल पार्दछ |

नेपालमा वि.सं. २०३२/३३ बाट धान र गहुँ बालीमा पोटास मल प्रति हेक्टर ३० किलो (अर्थात् १.५ किलो प्रति रोपनी) का दरमा प्रयोग गर्न सिफारिस गरिएको थियो | उक्त समयमा नेपालको माटोमा प्रसस्थ मात्रामा पोटास उपलब्ध भएकाले नाईट्रोजन (१२० किलो प्रति हेक्टर) को तुलनामा पोटास निकै कम मात्र प्रयोग गर्न सुझाब दिईन्थ्यो | विगत ४४ बर्ष देखि यसको मात्रा (मलको रुपमा) कुनै पनि अध्यावधिक भएको थिएन |

यी चार दशकमा सरकारी तहबाट पोटास मलको सिफारिसलाई कम महत्व दिनु, मल वितरणमा नाईट्रोजनजन्य मललाई मात्र प्राथमिकता दिनु, र किसानले गाई-भैसीको गोबरमल बाहेक पोटास युक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयिकरण भई हाल बाली-नालीमा पोटासका कमीका लक्षणहरु देखा पर्न थालेका छन् |

यस समस्यालाई बेलैमा पहिचान गरि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई, र भित्रि-मधेसमा धान-गहुँ बाली प्रणालीमा पोटासको अनुसन्धान गर्यो |यसै साता प्रकाशित चार माटो बैज्ञानिकहरुको अध्ययनले नेपालमा धान-गहुँमा साबिकको पोटासको मात्रा भन्दा डेढ देखि दुई गुणाले बढाउन सुझाब दिएका छन् |

रास्ट्रिय माटो अनुसन्धान केन्द्र, नार्कका बैज्ञानिक रोशनबाबु ओझा (एस-१), शोभा श्रेष्ठ (एस-१), यज्ञगझाधर खड्का (एस-४) र अमेरिका स्थित टेनेसी-नक्स्भिल विश्व-विद्यालयका माटो बैज्ञानिक दिनेश पाण्डेले संयुक्त रुपमा प्रशिद्ध अन्तरास्ट्रिय जर्नल प्लस-वानमा प्रकाशित गरिएको अनुसंधानको नतिजा अनुसार माटोमा पोटासको प्रयोग मात्रा बढाउन आवस्यक रहेको ठहर गर्दै कृषक, नीति निर्माता तथा कृषि बैज्ञानिक र प्रसार अधिकृतहरुलाई  लागि आ-आफ्नो तवरबाट सिफारिस गर्न जोड दिएका छन् | उक्त अनुसन्धानात्मक लेख तलको लिंकमा उपलब्ध छ |

जर्नलको लिंक: https://doi.org/10.1371/journal.pone.0248837

अत: विद्यमान रास्ट्रिय मलखाद बितरण कार्यक्रमलाई पुनराबलोकन गरि यथासख्य चाडो पोटासको मात्रा अभिबृद्धि गर्न लेखकहरुले आग्रह गरेका छन् | यस सम्बन्धि थप र बृस्तीत जानकारी यस लेखका मुख्य लेखक रोशनबाबु ओझा (इमेल: roshanbachhan[at]gmail.com) संग लिन सकिनेछ |

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *