धिताेपत्र वाेर्डव्दारा नियमावली संशोधन गर्न सुझाव माग
Investopaper, Jan 22, 2019
नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । धिताेपत्र बोर्डले धिताेपत्र सम्वन्धि एेन, २०६३ अन्तर्गत जारी गरिएका नियमावली तथा निर्देशिकाहरूलाइ समयसापेक्ष संशाेधन गर्नकाे लागि एक समिति बनाएकाे छ ।
१.‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५’,
२.‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’,
३.‘सामूहिक लगानी कोष नियमावली, २०६७’
४.‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र
५.‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
समितिले यही माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले आज जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै बोर्डले दुइवटा निर्देशिकाहरू-
१.‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ र
२.धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ पनि संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
बोर्डले आवश्यक सुझाव तथा सल्लाह बोर्डको नियमन तथा व्यवस्थापन विभाग कानून तथा प्रबलीकरण महाशाखामा उपलब्ध गराउन आग्रह गरेको छ ।
धिताेपत्र वाेर्ड बाट जारी गरिएकाे सूचना हेर्न यहां क्लिक गर्नु हाेस ।