नबिल इन्भेष्टमेण्ट बैंकिंगकाे नयाँ Infinity Portfolio Management Service संचालनमा
इन्भेष्टोपेपर । पुष २९, २०७८
काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Infinity Portfolio Management Service संचालनमा ल्याएको छ ।
यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन ।
यो लगानी व्यवस्थापन सेवामा दक्ष पाेर्टफाेलियाे एनालिष्ट तथा गहन विश्लेषण, अनुसन्धानको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ ।
व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ ।
विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् २०२२ काे जनवरी महिनाभरिको लागि मात्र यो सुविधा दिईने कम्पनीले जनाएकाे छ ।
