नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

इन्भेष्टोपेपर । चैत्र १४, २०७७

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ ।

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *