नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता
इन्भेष्टोपेपर । चैत्र ०६, २०७७
नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबीच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बंंैकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो ।
नबिल बैंकले आफ्नाे देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.।
यसैगरि नेपाल औषधि व्यवसायी संघ, सन् १९७३ मा स्थापित औषधी व्यापार पेशामा संलग्न एक गैर नाफामुलक संस्था हो जुन समग्र औषधी व्यापारको सुरक्षाको साथ मूल्य एकरुपता लागु गर्न स्थापना भएको हो ।
