नविल र ग्लोवल आइएमइ वैकले गरे वोनस सहितको लाभांस प्रस्ताव ।
INVESTOPAPER, December 4, 2018
काठमाण्डौ- नबिल बैंकले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।
नबिल बैंकले अघिल्लो वर्ष ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको लाभांश अघिल्लो वर्षभन्दा १४ प्रतिशतले कम हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । नबिलले गत वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
गत आर्थिक वर्षको प्रस्तावित ९६ करोड ५१ लाख ८६ हजार रुपैयाँ बोनस पश्चात नबिल बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख रुपैयाँ पुग्नेछ ।
त्यसै गरी ग्लोवल आइएमइ वैकले पनि आर्थिक वर्ष २०७४र२०७५ को नाफावाट शेयर धनीहरूको लागी १६ प्रतिसत वोनस शेयर उपलव्ध गराउने प्रस्ताव गरेको छ ।
१६ प्रतिसत वोनस शेयरको मिलानपछि वैकको चुक्ता पूंजी १० अरव ३१ करोड पुग्नेछ ।
यो निर्णय नेपाल राष्ट्र वैक तथा वैकको आगामी साधारण सभाबाट स्वीकृत भए पश्च्यात लागु हुने छ ।