नाडा अटाे शाे मा बाइककाे शानः टप फाइभ एक्सक्लुसिभ ब्राण्डकाे मूल्य
Investopaper, भाद्र १२, २०७६
गत मंगलवार देखि नेपालकाे एक मात्र प्रदर्शनीस्थल भृकुटीमण्डपमा नाडा अटाे शाे संचालन भै रहेकाे छ । नेपालका ग्राहकहरूलाइ नयां नयां एक्सक्लुसिभ सवारी साधनहरूसंग चिरपरिचित गराउनकाे लागि शाे काे अायाेजना गरिदै अाएकाे छ । याे अटाे शाे १४ अाै हाे ।
व्यापार प्रवर्धनकाे लागि सजाइएर चिटिक्क बनाइएकाे स्टल, प्रडक्ट, विभिन्न प्रकारका अफरहरू तथा एकसेएक याैवनाहरूकाे उपस्थितिले नाडा अटाे शाे मा एक प्रकारकाे राैनक देख्न सकिन्छ ।
नाडा अटाे शाे मा राखिएका सवारी साधनहरू मध्ये निकै महंगा माेटर साइकलकाे प्रबेश नेपालमा हुन लागेकाे झलक देख्न सकिन्छ । अाज हामी शाेमा राखिएका दशाैथरि स्कूटर तथा बाइकहरू मध्ये सबैभन्दा महंगा ५ वटा ब्राण्डका बाइकबारे चर्चा गर्ने छाै ।
१) एमभी अगस्टाः
एमभी अगस्टा इटालियन कम्पनी हाे भने नाडा अटाे शाेमा राखिएका बाइकहरू मध्ये सबैभन्दा महँगाे बाइक पनि हाे । याे स्टलकाे मूल्यले सबैलाई चकित पारेको छ । ६ थरी माेडलमा देख्न सकिने एमभी अगस्टाकाे मूल्य ४३ लाख ९० हजार देखि ७३ लाख ९० हजार सम्मकाे रेञ्जका बाइकहरू राखिएका छन ।
ब्रुटेल-८००-अार अार-एलएच-४४ शाेमा रहेकाे सबैभन्दा महंगाे बाइक हाे, जसकाे मूल्य ७३ लाख ९० हजारकाे ट्याग झुण्डयाइएकाे छ ।
२) हाेण्डाः
नेपालकाे प्रचलित हाेण्डा कम्पनीले पनि नाडा अटाे शाेमा अाफ्ना ५ वटा माेडलका बाइकहरू पारखिहरूका लागि पस्किएकाे छ । मूल्यसंग तुलना गरेर हेर्दा २ लाख २९ हजार देखि २३ लाख ७५ हजार सम्मका बाइकहरू रहेकाछन । हाेण्डा-सिवि-४००-एके सबैभन्दा महँगाे बाइक रहेकाे छ । नाडा अटाे शाेमा अगस्टा पछि महंगाे बाइक हाेण्डाकै रहेकाेछ ।
३) सिएफ माेटाेः
नेपाली बजारमा खासै नाम नसुनिएकाे सिएफ माेटाेले पनि नाडा अटाे शाेमा बाइकहरू भित्र्याएकाे छ । मूल्यकाे अाधारमा यस ब्राण्डका बाइकहरू तेश्राे मह्ँगाे कम्पनीकाे सूचीमा दर्ता हुन पुगेकाे छ । विभिन्न ६ माेडलहरू ३ लाख २१ हजार देखि १६ लाख ५० हजारसम्ममा खरिद गर्न सकिने छ । यस ब्राण्डमा६५०-एमटि-एबिएस सबैभन्दा महंगाे बाइक हाे ।
४) बिएमडब्लुः
सधै कारहरू मात्र प्रदर्शनीमा राखेकाे बिएमडब्लुले नाडा अटो शोमा आफ्नो मोटरसाइकल पनि उतारेको छ । २ माेडल तथा ४ थरी अाकर्षक कलरहरूमा रहेका बाइकहरूकाे मूल्य ९ लाख ५० हजार देखी ११ लाख १५ हजार सम्म पर्ने छन । बिएमडब्लु-जी-३१०-जीएस काे मूल्य ११ लाख १५ हजार रहेकाे छ ।
५) बेनेलीः
अर्काे इटालियन कम्पनी बेनेलीका पनि ६ वटा माेडलका बाइकहरू रहेकाछन । २ लाख ३० हजार देखि ८ लाख ६० हजारकाे रेञ्जमा मूल्य रहेकाे छ । टिएनटि-३२०-एस यस सेगमेन्टकाे सबैभन्दा महँगाे माेटरसाइकल हाे ।
