नेपालका दुई डाक्टर वर्ल्ड हेल्थ अवार्डबाट सम्मानित
इन्भेष्टाेपेपर । पुष ०४, २०७७
काठमाडौं । नेपालका दुईजना चिकित्सक यो वर्षको वर्ल्ड हेल्थ अवार्डबाट सम्मानित हुनुहुने भएकाे छ । डाक्टर पशुपति महत र डाक्टर अरुण राज कुँवरलाई यो बर्षको वर्ल्ड हेल्थ अवार्ड प्रदान गरिने भएको छ ।
स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यमा प्रदान गरिने यो अवार्ड मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका चिकित्सकलाई प्रदान गर्ने निर्णय गरेको हो ।
डाक्टर महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुनुहुन्छ भने डाक्टर कुँवर नेपालको पहिलो बाल साइक्याट्रिक हुनुहुन्छ ।
वर्षमा एक पटक दिइने यो अवार्ड विश्वभरीका स्वास्थ्य क्षेत्रमा प्रभाकारी काम गर्ने चिकत्सकहरुलाई दिइन्छ । नेपालको चिकित्सकले यो अवार्ड पहिलो पटक पाउन लाग्नु भएकाे हाे, जसले नेपालको गरिमा बढाउने तथा विश्वसामु चिकित्सा क्षेत्रमा पनि परिचित गराउनेछ ।
