नेपाल इन्भेष्टमेन्ट बैंकको २ लाख भन्दा बढी कित्ता शेयर आजबाट लिलामीमा

नेपाल इन्भेष्टमेन्ट बैंकले आज (जेष्ठ १६,२०७६) बाट २ लाख १४ हजार ६ सय दश कित्ता प्रमोटर शेयर बिक्रीको लागी लिलामीमा ल्याएको छ। इच्छुक लगानीकर्ताले जेष्ठ २३ गते सम्म लिलामी शेयरको लागी आवेदन दिन सक्नेछन्।

लिलामीमा आवेदन दिन न्यूनतम रु. ३०० रुपैया प्रति कित्ता तोकिएको छ भने कम्तीमा ३००० कित्ताको लागी आवेदन दिनु पर्नेछ। यसको मतलब तपाईले कम्तीमा पनि ९,००,००० रुपैया मूल्य बराबरको आवेदन दिनु पर्नेछ।

प्रमोटर शेयर लिलामीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। शेयर लिलामीको फारम एनआईबिएल एस क्यापिटलमा ५०० रुपैयामा उपलब्ध गरिने छ र रकम जम्मा भने सानिमा बैंकमा गर्नुपर्नेछ।

आवेनकर्ताले गुड्स फर पेमेन्ट चेक एनआईबिएल एस क्यापिटलको नाममा काट्नु पर्नेछ र शेयर बाँडफाँड पश्चात शेयर ट्रान्सफरमा लाग्ने खर्च र ब्रोकर कमिसन पनि तिर्नुपर्नेछ। नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटरको अन्तिम मूल्य रु. ५२० रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *