नेपाल इन्भेष्टमेन्ट वैंक र गण्डकी विकास वैंकको अाज बुक क्लाेज ।

नेपाल इन्भेष्टमेन्ट बैंक लि. र गण्डकी विकास बैंक लि. ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रश्ताव गरेका लाभांश सुरक्षित गर्ने पुस १० गते मंगलबार (आज) अन्तिम दिन रहेको छ। दुबै बैंकले बुधबारदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पुस २९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे आह्वान गरेको ३२ औं वार्षिक साधारण सभामा १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यसैगरि गण्डकी विकास बैंकले पनि पुस २६ गते बिहीबार बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरामा आह्वान गरिएको एघारौँ वार्षिक साधारण सभामा गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश अनुमाेदन गर्ने छ ।

दुवै वैंकहरूले मर्जर तथा एक्विजिसनको विशेष प्रस्ताव राखेर साधारण सभाको आह्वान गरेको छन र उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारीत गर्ने छन ।

इन्भेष्टमेन्ट बैंकले भने सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ ।

INVESTOPAPER, December 25, 2018

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *