बढीरहेकाे वजारमा मर्जरको हल्लाले अागाेमा घ्यू थप्ने काम गर्याे ? के भन्छ त गरिमा विकास बैंक अनि धितोपत्र बोर्ड ?
INVESTOPAPER, December 23, 2018
काठमाण्डाै : पछिल्ला केहि दिन यता शेयर बजार घट्दै गर्दा गरिमा विकास बैंकको शेयरमूल्य निरन्तर रुपमा उकाले लाग्याे । एक अनलाइन पत्रिकाले गरिमा विकास वैक एनएमवि वैंकसंग मर्जर हुदै, स्वाप रेसियाे समेत तय भैसक्याे भन्ने खवर संम्प्रेषण गरेपछि ये क्रम अरू तिब्र बन्याे । हुन त १७३ के हाराहारीमा चलिरहेकाे मूल्य १९० सम्म पुगेकाे थियाे । अाइतवार १४ रूपैयाले बढेर २०४ रूपैयामा अन्तिम कारेवार भएकाे देखिन्छ, जवकि अाइतवार नेप्से ३२ दशमलव २४ पाेइन्टले बढेकाे थियाे भने सवैजसाे कम्पनीकाे मूल्य बढेकै छ ।
गरिमा विकास बैंकको मर्जरको हल्लाकाे विषयमा सामान्य जानकारी आएको नेपाल धिताेपत्र बोर्डले जनाएको छ । गलत सूचना प्रवाह गरेर शेयर मूल्य तिब्र गतिमा बढाइएको विषयलाई धितोपत्र बोर्डले गम्भिर भन्दै छानबिन हुने बताएको छ । कुनै पनि संस्थाका बीचमा मर्जर भए पनि नभए पनि औपचारिक निर्णय अनि त्यसको सूचना सार्वजनिक नभई सूचना चुहावट गरेर सामान्य लगानीकर्तालाई फसाउने काम विगतमा पनि नभएका हैनन् । अहिले गरिमा विकास बैंकको हकमा पनि यस्तै अवस्था सृजना गराइएको छ ।
यसै विचमा गरिमा विकास बैंकले विज्ञप्ति नै निकालेर हालसम्म कुनै वाणिज्य बैंक सँग मर्जरकाे विषयमा छलफल नै नभएको उल्लेख गरेकाे छ । सर्वसाधारण लगानीकर्ताकाे हित संरक्षण गर्न अनावश्यकरूपमा जसले जसरी जुन उदेश्यकालागी सूचना चुहावट गरेकाे भएपनि अनुसन्धान गरि निरूत्साहित गराउन कडा कारवार्ही गर्नै पर्ने देखिन्छ ।

