नेपाल ओलम्पिक कमिटीकाे अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित

Investopaper, भाद्र २८, २०७६

काठमाडौं — नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ विजयी भएकाछन । शनिवार ललितपुरकाे सातदाेवाटाेमा भएकाे निर्वाचनमा प्रतिद्वन्द्वी पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई सातमतकाे अन्तरले पराजित गरेका हुन ।

जीवनराम श्रेष्ठले १७ मत प्राप्त गरेकाछन भने उमेशलाल श्रेष्ठले १० मत मात्र पाएका थिए । राेचक पक्ष के रहेकाे छ भने कुल २७ मत रहेकाे ओलम्पिक कमिटीमा २६ जना त बिभिन्न पदहरूमा प्रत्यासी नै थिए ।

महासचिव पदमा जीवनराम श्रेष्ठ प्यानलकै लिलेन्द्रराज श्रेष्ठ विजयी भएकाछन ।

त्यसैगरी, पाँच उपाध्यक्ष पदमा भएको निर्वाचनमा ज्योती राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य विजयी भए ।

उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्बिराेध निर्वाचित भएका थिए । यसैगरी, तीनवटा पद भएको सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसा थापा र रामजीबहादुर श्रेष्ठले विजयमाला पहिरिएकाछन ।

नेपाल ओलम्पिक कमिटीको सातजना सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, दीर्घबहादुर केसी, होमबहादुर दोङ, टासी घले र राम अवाले विजयी भएकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *