नेपाल राष्ट्र बैंकले लागु गर्याे क्यूआर कोड भुक्तानीको मापदण्ड

इन्भेष्टाेपेपर । फागुन १९, २०७७

काठमाडौँ ।  पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स (क्यूआर) कोडबाट हुने भुक्तानीको सङ्ख्या र रकम दुवै बढ्न थालेपछि यसको मापदण्ड तयार भएको छ ।

क्यूआर कोडबाट हुने भुक्तानी बढेपछि नेपाल राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण तथा नियमन गर्न ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको हो ।

मापदण्डमा क्यूआर भुक्तानीका लागि स्किम÷नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा/गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्रान्डिङलगायतका विषय समेटिएको छ ।

राष्ट्र बैङ्कले क्यूआर कोडबारे प्रयोगकर्ताहरूलाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्नेबारे प्रावधान पनि समेटेको छ । मापदण्डमा क्यूआर कोडको अन्तरआबद्धता, व्यापक प्रयोग र विस्तारसँगै सुरक्षालाई ध्यान दिइएको छ ।

राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागले गत माघ १४ गते मापदण्डमा आवश्यक राय सुझावका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । राय सुुझावका लागि माघ ३० गतेसम्मको समय छुट्याएको राष्ट्र बैङ्कले प्राप्त सुुझावहरूलाई समेटेर मापदण्ड कार्यान्वयनमा ल्याएको हो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकबाट जारि गरिएकाे निर्देशिका हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *