नेप्सेको वेबसाइटमा कहाँ गएर बजारमा कारोबार हुने कम्पनीहरु सँग सम्बन्धित सूचना हेर्ने?

नेपालको शेयर बजारमा प्रवेश गर्नु अघि नेप्सेको वेबसाइटको बारेमा जान्नु अनिवार्य छ। शेयर बजारमा अन्धाधुन प्रवेश गरेमा तपाईले धेरैनै जोखिमको सामना गर्नुपर्नेछ। शेयर बजारमा लगानी गर्नु अघि नेप्सेको वेबसाईट र त्यहाँ उपलब्ध हुने सूचनाको बारेमा जानकारी राख्नु अत्यावश्यक छ। विशेषगरी नेपालको शेयर बजारमा सूचना र समाचारले धेरै नै प्रभाव पार्ने गर्छ। बोनस घोषणा, राईट शेयर जारी आदि जस्ता समाचारले शेयर बजार तताउने गर्छ। यसकारण सही र समयमै यस्ता समाचार र सूचनाको बारेमा जाने शेयर बजारमा फाइदा लिन सकिन्छ।

नेप्सेको वेबसाईटमा कहाँ गएर यस्ता समाचारहरु थाहा पाउन सकिन्छ भनेर जान्न चाहनु हुन्छ भने यो लेख तपाईको लागि जानकारी मूलक रहने छ।

  • सर्वप्रथम तपाई नेप्सेको होमपेजमा जानुहोस्। यसकालागि www.nepalstock.com टाईप गर्नुहोस्।
  • त्यसपछि माथिको बारमा मिडिया क्लिक गरेर त्यसको सब मेनु News and Alerts भित्र जानुहोस्।
  • मिडिया भित्र गएपछि तपाइले २० वटा समाचार वा सूचना देख्नु हुनेछ। यो समाचार मितिको आधारमा नयाँ देखि पुरानो अनुसारले क्रमबद्ध रुपमा छन्।
  • अझ पुरानो सूचना वा शेयर समाचार पढ्न तपाईले तलको अंक मेनुबाट २,३,४ क्लिक गर्न सक्नुहुनेछ।
  • माथिको खोज बटनमा तपाईले समाचारको शीर्षक, मिति र स्टक सिम्बोलको आधारमा पनि समाचार हेर्नसक्नुहुनेछ। यसैगरी २०० वटा समाचार समेत एउटै पानामा हेर्नसकिनेछ।
  • यसबाहेक आजको ताजा गतिविधि र सूचनाको बारेमा होमपेजकै देब्रे भागमा सूचना केन्द्र रहेको छ।

शेयर बजारमा लगानी गर्दा जहिले पनि कम्पनी र त्यसको पुरानो प्रगति प्रतिवेदन हेरेर गर्न जरुरी छ। राम्रा कम्पनीले लामो अवधिमा राम्रै प्रतिफल दिन्छ। यसकारण बजारमा समय अनुसारको लगानी भन्दा पनि समझदारीका साथ लगानी गर्न जरुरी छ।

पढ्नुहोस्ः यस्तै लेख पढ्नलाई हाम्रो वेबपेज www.investopaper.com मा गएर नेपालीमा जानुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *