नेशनल माइक्रोफाइनान्सले नाफा ४६ प्रतिशतले बढाउदा, प्रतिशेयर आम्दानी र जगेडाकाेष कति ?

Investopaper, jan 20, 2019

नेशनल माइक्रोफाइनान्स (National Microfiance Bittiya Sanstha Limited) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको प्रगति प्रतिवेदन अाज सार्वजनिक गर्दै नाफा ४६ प्रतिशतले बढेकाे जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ७२ लाख ४० रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ८७ पैसा कायम गरेको छ ।

त्यसैगरी १५ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले यस अवधिमा ५ करोड ६० लाख रुपैयाँले जगेडा कोष वृद्धि गरी कोषको आकार १८ करोड ८ लाख प्रर्याएकाे छ । संस्थाका सवै सूचकांकहरू सकारात्मक र सुधार भएकाले नाफामा उल्लेख्य प्रगति गर्न सफल भएकाे छ ।

तर कम्पनीको खराब कर्जाको आकार भने केहि बढेको छ । उसको खराब कर्जा अनुपात १.४८ प्रतिशत छ, जबकि गत बर्षको यसै अवधिमा १.३२ प्रतिशत थियो । नेशनलको पुँजी पर्याप्तता अनुपात १०.८९ प्रतिशत, पुँजीकोष ८.४६ प्रतिशत, प्रति शेयर नेटवर्थ २१८.८१ र प्रति शेयर कुल सम्पतीको मूल्य २४१३.६१ रुपैयाँ पुगेको उल्लेख छ ।

संस्थाले ९७ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ७ करोड ४२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको माइक्रोफाइनान्सले २ अर्ब ९१ करोड ४८ लाख कर्जा परिचालन गरेको छ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *