पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो
Investopaper, श्रावण २१, २०७६
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य बढाएको हो ।
निगमले पट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ दरले बढाएको छ भने मट्टितेलको मूल्य लिटरमा ५० पैसा बढाएको छ ।
आयल निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रसिलिलिण्डरमा २५ रुपैयाँ घटाएको हो ।
निमगको नयाँ निर्णयसँगै पेट्रोलको मूल्य १ सय ९ तथा डिजेल र मट्टितेलेको मूल्य ९७ रुपैयाँ कायम रहेको छ ।
एलपी ग्यासको मूल्य भने घटेर प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । अगष्ट १ तारिख इण्डियन आयल कर्पाेरेशनबाट एलपि ग्यासमा केही मूल्य घटेर आएकाे र अन्यमा केही बढेर आएकाे भन्दै सूचना प्रकाशित गरेर मूल्य समायाेजन गरिएकाे छ ।