प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण

इन्भेष्टाेपेपर । कार्तिक २७, २०७७ 

काठमाडाैं  ।  प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ ।  प्रधानमन्त्री केपी शर्मा अाेली नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो  नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको र साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

यसबाट  बालुवाटारबाट एयरपोर्ट जानआउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि नहुने बताइएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *