बुलबुल समुद्री आँधी: जमिनमा प्रभाव नपर्दै, भारत र बाङ्ग्लादेशमा लाखौँको स्थानान्तरण
Investopaper, कार्तिक २४, २०७६
बुलबुल समुद्री आँधी बङ्गालको खाडीमा आइपुग्दा भारत र बाङ्ग्लादेशका बीस लाखभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ।
उक्त आँधीले शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो। त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आँधीका कारण दुई मानिसहरूको ज्यान गइसकेको छ।
पश्चिम बङ्गाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ। जसमा व्यस्त कोलकाता विमानस्थल समेत छ।
बुलबुलको मार्गमा पर्ने सुन्दरवन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बेङ्गल टाइगर प्रजातिका बाघको बसोबास छ।
बाङ्ग्लादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन्।
मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन्।
बाङ्ग्लादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १२० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुन्द्रमा उच्च छाल आउनेछ।
भारतको पश्चिम बङ्गाल राज्य सरकार र बग्लेलादेश आँधीले जमिनमा नहान्दै नागरिकलाइ ‘नआत्तिन’ आग्रह गरेकाछन। पूर्व तयारी अभियान तथन हजारौँ स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन्।
— बीबीसीबाट
