रातो मासु र प्रशोधित मासु ‘हप्तामा तीन वा चार पटक उपभोग गर्दा स्वास्थ्य बिग्रिँदैन’

— जेम्स ग्यालाहर (स्वास्थ तथा विज्ञान संवाददाता, बीबीसी न्यूज)

एउटा विवादास्पद अध्ययनले ससेज, किमा, स्टेक र रातो मासुको अरू स्वरूप अथवा प्रशोधित मासु खान कम गर्नु नपर्ने देखाएको छ।

विश्वका अधिकांश महत्त्वपूर्ण सङ्गठनहरूसँग असहमति व्यक्त गर्ने उक्त अध्ययनले भनेको छ – तिनीहरूले यसअघि दिएका प्रमाण दुर्बल छन् र रातो मासुले मानिसको स्वास्थ्यमा पार्ने असर कम छन्।

केही विज्ञहरूले सूक्ष्म ढङ्गले गरिएको जाँचको प्रशंसा गरेका छन्। विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीले मानिसहरूले रातो मासु, ससेज तथा बेकनका कारण क्यान्सरको जोखिम बढ्ने निकै कम प्रमाण भएकाले त्यो खाइरहन मिल्ने निष्कर्ष निकालेको हो।

एनल्स अफ इन्टर्नल मेडिसन नामक जर्नलमा लेख्दै अनुसन्धानकर्ताहरूले रातो एवम् प्रशोधित मासुको उपभोगको खतराबारे हाल उपलब्ध प्रमाण निकै कमजोर रहेको भन्दै मानिसहरूले हप्ताको तीन वा चार पटक तिनको उपभोग गरिरहन मिल्ने जनाएका छन्।

तर त्यो निष्कर्ष विश्व स्वास्थ्य सङ्गठनले हाल जारी गरेको सुझावविपरीत छ। साथै जनस्वास्थ्यसम्बन्धी निकायहरूले यस्तो निचोडले मानिसहरूको विवेकपूर्ण खानेबानीमा असर पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

रातो वा प्रशोधित मासु केलाई मानिन्छ ?

चौपायाको आदिको मासु रातो मासुमा गणना हुन्छ भने हाँस र सिकार गरिएका चराचुरुङ्गीको मासु त्यसमा गणना हुँदैन।

टिक्ने समय र स्वाद परिवर्तन गरिएको चाहिँ प्रशोधित मासुभित्र पर्छ र त्यसका लागि प्रमुख विधि भनेको पोल्ने, नुन थपेर वा अनेक तरिकाले लामो समयसम्म खान मिल्न बनाउने हो।

विशुद्ध किमा प्रशोधित मासुभित्र पर्दैन तर बेकन, ससेज, हट डङ्ग्स, सलामी आदि त्यसभित्र पर्छन्।

के तिनीहरू स्वास्थका लागि उपयुक्त छैनन् ?

मुख्य चिन्ता भनेको आन्द्राको क्यान्सर हो।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको इन्टरन्याश्नल एजेन्सी फर रिसर्च अन क्यान्सरले प्रशोधित मासुले क्यान्सर निम्त्याउने बताएपछि विश्वभरि चर्चा पायो।

रातो मासुले सम्भवतः क्यान्सर निम्त्याउने पनि उसले बतायो। तर त्यसका लागि सीमित प्रमाणहरू प्रस्तुत गरिएको थियो।

मुटुको स्वास्थ्य र टाइप टू भनिने मधुमेहसँग पनि त्यसलाई जोडेर हेरिएको थियो। वैज्ञानिक सहमति के कुरामा छ भन्दाखेरि धेरै मात्रामा मासु खानु स्वास्थ्यका लागि नराम्रो हो।

अध्ययनले के भन्छ‍ ?

क्यानडास्थित डलहाउजी विश्वविद्यालय र म्याक्मास्टर विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनका अनुसन्धानकर्ताहरूले अरूले हेरेकै प्रमाणहरूलाई समीक्षा गरेका हुन्।

एनल्स अफ इन्टर्नल मेडिसनमा प्रकाशित अध्ययनको नतिजाअनुसार यदि एक हजार मानिसले प्रत्येक हप्ता रातो वा प्रशोधित मासुको मात्रा तीन हिस्साले कटौती गर्छन् भनेः

  • क्यान्सरबाट हुने मृत्युमा सातवटाले कमी हुन्छ
  • ११ वर्षमा मुटुबाट हुने मृत्यु चारवटाले घट्छ

र, यदि एक हजार मानिसले प्रत्येक हप्ता ११ वर्षका लागि रातो वा प्रशोधित मासुको मात्रा तीन हिस्साले कटौती गर्छन् भनेः

  • रातो मासु- टाइप टू मधुमेह छ जना कमलाई हुन्छ
  • प्रशोधित मासु – टाइप टू मधुमेह १२ जना कमलाई हुन्छ

रातो मासु कति मात्रामा खानुपर्छ ?

ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस एनएनएसका अनुसार प्रतिदिन ९० ग्रामभन्दा बढी रातो वा प्रशोधित मासु खानेहरूले त्यसमा कटौती गरी औसतमा ९७ ग्राम खाँदा हुन्छ।

पब्लिक हेल्थ इङ्ग्ल्यानड्को पोषण विज्ञान प्रमुख प्राध्यापक लुइस लेभी भन्छन्, “विश्वभरि प्रमाणले के देखाउँछ भने रातो र प्रशोधित मासु खानेहरूले त्यसलाई सीमित तुल्याउनुपर्छ।”

“स्वस्थ खानपानको त्यो एउटा हिस्सा पनि हुन सक्छ भने धेरै मात्रामा खाँदा आन्द्राको क्यान्सर हुने जोखिम उच्च हुन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *