बैंकिङ सूचक ४.१ प्रतिशतले बढेको दिन हेर्नुहोस् २७ बैंकहरुको कारोबारको तथ्यांक।
नयाँ वर्षको अन्त्यतिर बाट कारोबारमा देखिएको सुधार अझै राम्रो हुँदै जाँदा शेयर बजारमा लगानीकर्ताको उत्साह र सहभागीता बढेको छ। आज नेप्से बजारको कारोबार मूल्य १ अर्ब भन्दा माथि नाघेको छ। यसले सुस्ताएको शेयर बजारमा नयाँ आशा जगाएको छ। नेप्से परिसूचक पनि आज लगभग ३२ अंकले बढेर १२६४.२० मा उक्लेको छ।
बैंकिङ सूचक ४.१ प्रतिशतले बढेको दिन हेर्नुहोस् बैंक तर्फको कारोबारको तथ्यांक। तल टेबलमा सबैभन्दा बढी प्रतिशतले मूल्य बढेको बैंकलाई ठूलो देखि सानो क्रममा देखाइएको छ।

आज स्टाण्डर्ड चार्टड बैंक, नेपाल एस.बि.आई बैंक र हिमालयन बैंकको शेयर मूल्यमा उल्लेख्य बृद्धि भएको छ। यी कम्पनीका शेयरधनीले आज ९ प्रतिशत भन्दा बढी कमाएका छन्।
यस्तै एभरेष्ट, नबिल र बैंक अफ काठमाडौंको शेयर मूल्य पनि ६ प्रतिशत भन्दा बढीले माथि उक्लेको छ। कृषि विकास बैंक र सिटिजन बैंक बाहेक सब बैंकको शेयर मूल्य आज बढेको छ।
यस्तै सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको भएको छ। नेपाल बैंकको लगभग १५ करोड मूल्यको कारोबार भएको छ। आज धेरै कारोबार हुनेको सूचीमा प्रथम १० स्थान सबै बैंकका कम्पनीले ओगटेका छन्। एनआईसी एसिया, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको पनि आज उच्च कारोबार भएको छ।
