चाँडै शेयर निष्काशन गर्न लागेको गुराँस लघुबित्तको तेस्रो त्रैमासमा देखियो उल्लेख्य प्रगति।

गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा उल्लेख्य प्रगति देखाएको छ।

कम्पनीले पुस मसान्त सम्म ६९.०७ लाख रुपैँया खुद नाफा कमाएको छ। यस अबधिमा कम्पनीले ९ करोड पाँच लाख निक्षेप संकलन गरेको छ भने ६१.३६ करोड बराबरको कर्जा प्रवाह गरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानी पछिल्लो वर्षको यहि अवधिमा १.१८ करोड थियो जुन अहिले २.१७ करोड भएको छ।

कम्पनीको चुक्ता पूँजी ५ करोड २५ लाख रहेको छ भने जगेडा कोषमा ५२.३२ लाख रुपैँया देखिएको छ जुन अघिल्लो वर्षको यसै अवधिमा माइनसमा थियो।

लघुवित्तमा खराब कर्जा अनुपात ३.४९ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी रु.१७.५४ रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *