भाग ३- मार्जिन ट्रेडिङका ५ जोखिम
मार्जिन ट्रेडिङको परिचय र फाइदाहरुको बारेमा जानकारि पछि यसका जोखिमहरुको बारेमा जान्न नि उत्तिकै जरुरी छ। मार्जिन ट्रेडिङका ५ जोखिमहरु यस प्रकार छन्।
- मार्जिन ऋणको व्याज जोखिम
मार्जिन कारोबार गर्दा शेयर ब्रोकर सँग ऋण लिनुपर्दछ। विशेषत मार्जिन ऋणको व्याजदर उच्च हुन्छ। व्याजदर धेरै हुने गर्नाले लगानिकर्ताले कमाउने मुनाफालाई यसले धेरै असर गर्दछ। त्यसैगरि व्याजदर परिवर्तन हुनु पनि अर्को ठुलो जोखिम हो। व्याजदर बढिरहेको बेलामा लगानिकर्तालाई कारोबार धान्न धेरै गाह्रो पर्दछ।
- अनिश्चित घाटाको जोखिम
मार्जिन कारोबार गर्दा नाफामा उल्लेख्य बृदि हुनाको साथै अनिश्चित घाटा हुने जोखिम पनि उत्तिकै रहन्छ। सामान्य क्यास कारोबार गर्नु भन्दा मार्जिन कारोबार गर्दा लगानिकर्तालाई धेरै घाटा हुने सम्भावना रहन्छ। क्यास कारोबार र मार्जिन कारोबार गर्दा हुने घाटाको उदाहरणको लागि तलको टेबल हेर्नुहोस।
क्यास कारोबार | मार्जिन कारोबार | |
सुरुको पुँजी | रु १००,००० | रु १००,००० |
मार्जिन ऋण (मानौ ५०%) | ० | रु १००,००० |
किनेको शेयर कित्ता ( @ रु २०० प्रति शेयर) | ५०० | १,००० |
जम्मा लगानी | रु १००,००० | रु २००,००० |
१ वर्षमा शयरको भाउ रु १०० मा झरेमा | ||
शेयर मुल्य | रु १०० | रु १०० |
शेयर बेचेबापत प्राप्त रकम | रु ५०,००० | रु १००,००० |
घाटा (हिसाब सरलताको लागी कमिसन र कर लिइएको छैन) | रु ५०,००० | रु १००,००० |
मार्जिन ऋणमा व्याज(मानौ १५ %) | ० | रु १५,००० |
खुद घाटा | रु ५०,००० | रु १,१५,००० |
लगानीमा प्रतिफल | -५०% | -११५% |
माथिको टेबलमा देखाए बमोजिम मार्जिन कारोबार गर्दा घाटा भएमा उल्लेख्य बढि हुने गर्दछ।
- मार्जिन कल (Margin Call)
मार्जिन ट्रेडिङको पहिलो भागमा हामीले मार्जिन कलको बारेमा छलफल गर्यौ। मार्जिन कल मार्जिन कारोबार गर्दा हुने जोखिम हो। मार्जिन कल भनेको मार्जिनमा लगानी गरेका लगानीकर्तालाई ब्रोकरले मार्जिन खातामा थप पैसा जम्मा गर्न भनि दिने नोटिस हो। लगानीकर्ताले किनेको शेयरको भाउ घट्दै गएमा र न्यनतम रकम कम भएमा ब्रोकरले थप पैसा जम्मा गर्न निर्देशन दिन्छ। यसले गर्दा लगानिकर्तालाई छोटो समयमा धेरै रकम जम्मा गर्ने समस्या हुन सक्छ।
- बलजफति शेयर विक्रि
यदि मार्जिन कारोबारीले मार्जिन कल अनुसार थप पैसा जम्मा गर्न नसकेमा, शेयर दलालले उसको नाममा रहेको मार्जिनका शेयरहरु बिक्री गर्न सक्दछ। यसका लागि शेयर दलाललाई थप नोटिस दिनु जरुरि हुदैन। घटिरहेको शेयर बजारमा यसरि नचाहदा पनि शेयर बिक्री गर्नुपरेमा लगानिकर्तालाई ठुलो नोक्सानि हुन सक्दछ।
- उच्च सतर्कता र मानसिक तनाव
मार्जिन कारोबार गर्न लगानिकर्ता एकदम चनाखो हुनुपर्दछ। शेयर बजार घट्बढ भइरहने हुनाले लगानिकर्ता मार्जिन कल बारेमा सतर्क हुनु जरुरि छ। आफ्नो लगानिको बारेमा लागानिकर्ता हरबखत अपडेट भइरहनु पर्दछ। खासगरि बजारमा उच्च गिरावट हुदाँ मानसिक तनाव पनि धेरै हुन्छ