मधुमेहका रोगीले अन्डा खांदा कुनै हानी नहुने

Investopaper, असार ०७, २०७६ 

मधुमेहका बिरामीहरूले अन्डा दिनहुँ खाँदा हुने रहेछ । यस्तो गर्दा उनीहरूलाई कुनै नोक्सान हुँदैन भनेर एउटा पछिल्लो अध्ययनमा दाबी गरिएको छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित उक्त अध्ययनअनुसार, सातामा १२ वटासम्म अन्डा खानाले टाइप–२ डाइबिटिजका बिरामीलाई मुटुको रोगको कुनै जोखिम हुँदैन ।

अन्डामा कोलेस्ट्रोलको स्तर बढी हुन्छ जसले गर्दा मधुमेहका बिरामीलाई सामान्यत: अन्डा नखाने सल्लाह दिइन्छ । तर अध्ययन अनुसार अन्डाले रगतको कोलेस्ट्रोलको स्तरमा असर गर्दैन ।

मधुमेहको पूर्वअवस्थामा र टाइप–२ मधुमेहका बिरामीका लागि अन्डा खाने सुरक्षित स्तर के होभन्ने विषयमा वैज्ञानिकहरूबीच मतभेद छ, तैपनि अध्ययनले औँल्याएको छ— यदि अन्डा तपाईंको नियमित खानपानको अंग बनिसकेको भए खान नरोक्दा हुन्छ ।

अन्डा प्रोटिन र सूक्ष्म पोषक तत्त्वको राम्रो स्रोत हो । यो खाँदा थुप्रै फाइदा हुन्छ। यो आँखा र मुटुका स्वास्थ्यका लागि राम्रो छ नै, रक्तवाहिनीलाई स्वस्थ राख्नसमेत सघाउँछ। गर्भावस्थामा चिकित्सकहरू अन्डा खान सल्लाह दिन्छन्। यसको सेवनले मातृ-शिशु दुवैकाे स्वास्थ्यमा अनुकुल प्रभाव पार्नेहुंदा खाने सल्लाह दिइन्छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *