मनकामना केवलकारकाे स्तराेन्नती हुँदै

इन्भेष्टोपेपर । चैत्र २१, २०७७

मनकामना केवलकार कम्पनीले सेवा संचालनकाे २३औं वर्षमा प्रवेश गरी सकेका छ । सबैको सहयोग, सद्भाव र माया पाएकोले यहांसम्म सफलताका साथ केवलकार सेवा संचालन गर्न सक्षम भएकाे एक विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

हाल लामो समय सम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ गएको, नयां प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने जानकारी गराउंदै २ बर्ष भित्रमा विभिन्न पार्टपूर्जाहरू फेर्ने छ ।

केवलकार कम्पनीले अन्तिम चरणमा हालकाे Analogue System बाट Digital System मा स्तरोन्नति गर्ने, केवलकाे लठ्ठा फेर्ने तथा DC Drive लाइ AC Drive मा रूपान्तरण गर्ने भएकाे छ । यसरी चरणबद्ध सुधारगरि पच्चिसौं वार्षिक उत्सबमा नयां प्रविधिबाट संचालन हुने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *