मनछुने कथा “असल पत्नी”

  • अज्ञात (कथाकार)

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै कुरा थियो । परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँथ्याे । एकदिन कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्रायस उदास रहिरहन्थ्यो । दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन।

घर ठूलो भएर के गर्नु लाखौं रिणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमाएको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं, व्याज समेत चलाउन धाै धाै भयाे।

यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए । कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो।

एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्याे । दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लिएका हरुलाई नै पठाउने गर्थ्यो। घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्ने गर्थ्यो। जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ।

एक दिन अचानक छोरो सिंडी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन । डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

श्रीमतीले बैंक गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन । बिचरा उ केही बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ।

श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन । सबै जना चिन्तित भैरहेको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभएको कुरा सुनिसके पछि सबै खुसी हुन्छन ।

अनि श्रीमतिले भन्छिन “ हजुरको पीडा मैले बुझेको छु सोनु, यो हजुरले नै पठानुभएको पैसा हो । मैले घरमा बस्दा मेसिन चलायर, फुर्सदमा अरुको मेला गएर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे । त्यसैले घर खर्च चल्थ्यो, हजुरले पठाएको सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें । हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो । ”

“ अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो । सोनु मेरो लागि सुन बहुमुल्य होइन । जुन दिन हामी एक भएका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साँछी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खाएका थियौं त्यो दिन हजुर बाट पाएको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोति भन्दा कम छैन ।”

उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमती ले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन। आज सम्मको उस्को पीडा सबै एकैपलमा हराएको महसुस गर्छ।

एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *