माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर दोश्रो वजारमा रु.२५० को हाराहारिमा आउने

राष्ट्रिय गौरबको रुपमा मानिएको ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर दोश्रो बजारमा आइतबारदेखि कारोवारमा आउने भएको छ ।

पछिल्लो समय नेप्सेमा सुचीकृत भएका नयाँं हाइड्रोपावर कम्पनीहरुको शेयर मुल्य अत्यधिक कम रहेको छ ।  शेयर बजारमा आएका पछिल्ला जलविद्युत कम्पनीहरुको शेयर मुल्य आइ.पि.ओ. मुल्यको सेरोफेरोमा छ । जोशी हाइड्रोपावरको शेयर मुल्य मात्र रु. २०० माथि छ ।

माथिल्लो तामाकोशीले आ.व. २०७३।७४ मा नेटवर्थ रु.७४.९० रहेको जनाएको छ । यस हिसावले दोश्रो वजारमा कम्पनीको शेयर रु. ७४.९० देखि २२४.७० को रेन्जमा खुल्ने अनुमान गर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *