मादीमा एकैदिन दुई ओटा झोलुंगे पुल उद्घाटन

इन्भेष्टोपेपर । चैत्र १४, २०७७

कास्की । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुंगे पुल निर्माण गरिएका छन् । 

गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुंगे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुंगे पुलको शुक्रवार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गर्नुभयाे ।

इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन् । पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको बताइन्छ । 

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुंगे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले जानकारी दिनुभयाे ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट  निर्माण गरिएको हो । इदीखोला ओल्मा झोलुंगे पुल जनश्रमदानसहित कुल रू. ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलुंगे पुल जनश्रमदानसहित रू. ३६ लाख ९५ हजार ८०८ लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयाे । 

गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर, मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताउनुभयाे ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुंगे पुल, वडा कार्यालय भवनलगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उहाँको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *