मार्जिन ट्रेडिङ विशेष भाग २ः मार्जिन ट्रेडिङका ३ महत्वपुर्ण फाइदाहरु
भाग १ मा मार्जिन ट्रडिङको परिचय पछि यस भागमा यसको फाइदाहरुको बारेमा जानकारि गराउन चाहान्छौ। मार्जिन कारोबारका ३ महत्वपुर्ण फाइदाहरु यस प्रकार छन्ः
१) नाफामा बढोत्तरी
मार्जिन कारोबार गर्नाले तपाइले आफुले किन्न सक्ने भन्दा धेरै शेयर कारोबार गर्न सक्नुहुनेछ। यसले गर्दा तपाइले आफ्नो नाफालाई अत्याधिक रुपमा बढाउन सक्नुहुनेछ। कसरी मार्जिन कारोबार र क्यास कारोबार गर्दा नाफा फरक हुन्छ भन्ने बुझ्न तलको टेबल हेर्नुहोस्।
माथीको टेबलमा देखिए अनुसार क्यास कारोबार भन्दा मार्जिन कारोबार गर्दा मुनाफा धेरै हुने गर्दछ। एक लाखको शेयर कारोबार बाट मार्जिन ऋण लिँदा लगानिमा प्रतिफल पनि २।८५ गुणाले बढी भएको माथिको उदाहरणमा देखिन सकिन्छ।
२) लगानि बिविधिकरणः
मार्जिन कारोबार गर्दा शेयरमा गरिएको लगानिलाई विविधिकरण गर्न सजिलो हुन्छ। एउटा साधारण लगानिकर्ता सँग लगानि गर्नको लागि सिमित पैसा हुन्छ। उसले विभिन्न कम्पनिका शेयरहरु किनेर आफ्नो पोर्टफोलियोलाई विविधिकरण गरेर जोखीम न्युनिकरण गर्न नसक्ने हुन सक्छ। मार्जिन कारोबारबाट यो समस्यालाई उसले कम गर्न सक्छ।
३) अवसरको उपयोगः
शेयर बजारले लगानिकर्तालाई समय समयमा लगानिको लागि राम्रो अवसरहरु दिईरहेको हुन्छ। पाएका अवसरहरुमा लगानि गर्न लगानिकर्तासँग चाहिने सबै पुँजि नहुन सक्छ। यस्तो समयमा मार्जिन कारोबारले ठुलो राहत दिन सक्छ। बजारबाट कमाउने समयमा मार्जिनको उपयोगले लगानिकर्ताले राम्रै मुनाफा आर्जन गर्न सक्छन्।
मार्जिन ट्रेडिङ सम्बन्धी अन्य भागको लागि कृपया investopaper.com हेर्दै गर्नुहोला।