मिस एण्ड मिस्टर विराटनगर–२०७७ प्रतियोगिता चैतमा

इन्भेष्टाेपेपर । फागुन ०३ २०७७

विराटनगर — लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ ।

स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायकार विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ ।

विराटनगरभरिको अडिसन यही फागुन ४ गते ८ गते हुने छ । कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवायुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *