मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंक तथा देवः बिकास बैक बीच आरटिजिएस (RTGS) प्रणाली सम्बन्धी सम्झौता
माघ १, २०७६ | Investopaper
नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस (RTGS) प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक श्री बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।
आरटिजिएस (RTGS) प्रणालीको प्रयोग बाट बैकका ग्राहकले तुरुन्तै अर्को बैक मा रकम स्थान्तरण गर्न मिल्ने छ। ग्राहकले चेक नकाटि फारम भरेेर रकम स्थान्तरण गर्न मिल्ने र समय पनि बचत हुने छ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनुभयो ।
