मेगा बैंक सामाजिक उत्तरदायित्व काममा अग्रसरः दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग

इन्भेष्टोपेपर।चैत्र ८, २०७६

काठमाडौँ, ७ चैत । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गर्नुभएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले बिभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ । आउँदा दिनमा पनि दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गर्दै जाने बैँकले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *