यी तीन राशि हुनेले सुन नलगाउनु राम्राे, लगाउँदा प्रगतिमा वाधा

इन्भेष्टोपेपर । भाद्र ११, २०७७

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ। ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने हरेक धातुको भिन्न-भिन्न ग्रहसँग सम्बन्ध हुने गर्छ। सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ।

कहिले काहीं शरीरमा हालत धातुका गहना रहनाले विभिन्न ग्रहको नकारात्मक असर हुने गर्छ। ज्योतिषशास्त्रका अनुसार सुनका गहनालाई लापरवाही गरेर प्रयोग गर्नु हुँदैन। सुनको गहना लगाएको कारणनै भाग्योदयमा असर पर्न सक्छ। ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशि हुने व्यक्तिहरुले कहिले पनि सुनको औंठी र गहना लगाउन हुँदैन।

मेष, कन्या र धनु राशि भएकाहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्छ। यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने हातमा भएका औंठी बेचिहाल्न उचित हुन्छ।

यसरी शरीरमा भएको कुनै पनि सुनको गहना बेच्नाले जीवनमा उर्जा थपिने ज्योतिष शास्त्रीहरुको भनाइ रहेको छ। सुन लगाउनाले यी तीन राशि हुनेहरुको घन-सम्पतिमा गलत असर र नकारात्मक उर्जा पैदा गर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।

यदी तपाई आफ्नो जीवन सजाउन चाहनुुहन्छ भन्ने सुन लगाउने र राख्ने सही विधि जानी राख्नुस:

ज्योतिषशास्त्र अनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ । यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । ज्योतिषशास्त्र अनुसार यसलाई शुभ मानिन्छ । तर गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ।

साथै, खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ । सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ । फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ। यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ।

सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ । कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *