युरोपेली सङ्घले न्यून आय भएका देशलाई दश करोड खोप सहयोग गर्ने

इन्भेष्टोपेपर । जेष्ठ ९, २०७

युरोपेली सङ्घ (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरुमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ ।कोरोना भाइरसको महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने सङ्घले जनाएको हो ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्यसम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताउनु भएको छ ।विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *