यूईएफए नेशन्स लिगको सेमिफाइनलमा इंग्ल्याण्ड र नेदरल्याण्ड भिड्ने। पोर्चुगलले स्विटजरल्याण्डको सामना गर्ने।
यूईएफए नेशन्स लिगको सेमिफाइनलमा इंग्लयाण्ड र नेदरल्याण्ड भिड्दै छन्। यस्तै अर्को सेमिफाइनलमा पोर्चुगलले स्विटजरल्याण्डको सामना गर्ने छ।
भर्खरै लिभरपुलसँग च्यामपियन्स लिग जितेका भर्जिल भ्यान डाईक र म्यानचेस्टर सिटिसँग प्रिमियर लिग जितेका रहिम स्टरलिङ बीचको भिडन्त हेर्न पक्कै रोचक हुनेछ। यस्तै पोर्चुगलका स्टार खेलाडी रोनाल्डो र लिभरपुलका सकिरी बीचको द्वन्द्व पनि रमाइलो हुनेछ।
पोर्चुगल र स्विटजरल्याण्ड बीचको पहिलो सेमिफाइनल खेल बुधबार राती १२ः३० बजे हुने छ भने इंग्लयाण्ड र नेदरल्याण्ड बीचको दोस्रो सेमिफाइनल खेल बिहिबार राती १२ः३० बजे हुनेछ।
पहिलो सेमिफाइनल पोर्चुगलले आफ्नो घरेलु मैदानमा खेल्नेछ भने इंग्लयाण्ड र नेदरल्याण्ड बीचको दोस्रो सेमिफाइनल पनि पोर्चुगलको मैदानमा नै हुनेछ।
सेप्टेम्बर २०१८ बाट सुरु भएको यो प्रतियोगिताको फाइनल खेल जुन १० तारिखमा खेलिनेछ।
