इन्फिनिटि लघुबित्तको आईपिओ आज बाँडफाँड भयो। ८० प्रतिशत भन्दा बढीको हात खाली।
इन्फिनिटि लघुबित्तको ६ लाख ७४ हजार कित्ता आईपिओ बुधबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराए अनुसार अत्यधिक माग गरिएको सो सर्वसाधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बुधबार बाँडफाँड गरिएको छ। आज १० बजे सुनधारामा रहेको कम्पनीको कार्यालयमा बाँडफाँड प्रक्रिया सम्पन्न भएको थियो।
लघुबित्तले जेष्ठ १३ गते देखि जम्मा ६ लाख ७४ हजार ३०० कित्ता आईपिओ निष्काशनमा ल्याएको थियो जसमध्ये लगभग ६ लाख ३० हजार कित्ता सर्वसाधारणको लागी खुल्ला गरिएको थियो।
यसपाली पनि लघुबित्तको शेयरमा अप्रत्यासित आवेदन परेको थियो। बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार आइपिओमा लगभग ३.३० लाख भन्दा बढीले आवेदन दिएका छन् भने आवेदन पनि माग भन्दा एघार गुणा बढी मूल्यको परेको छ।
आईपिओ नतिजा हर्न यहाँ क्लिक गर्नुहोस्।
