यूएई ४१ रनमै अलआउट; नेपालको सहज जित

आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत तेस्रो खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ । नेपालले ४२ रनको लक्ष्य सहज प्राप्त गर्योनेपालको जारी प्रतियोगितामा यो दोस्रो जित हो ।

टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको तेस्रो ओभरमा सिता रानामगरले ओपनर छाया मुघललाई ३ रनमा क्याच गराउँदै पेभेलियन फर्काएकी थिइन् । युएईकी अर्की ओपनर इशा ओजा अर्को ओभरमा कविता कुँवरको एलबीडब्लू धरापमा परेपछि यूएई ४ ओभरमा ८-२ कोस्थितिमा पुग्यो ।

त्यसपछि सिताले कभिसा इगोदागेलाई ४ रन एलबीडब्लू आउट गर्दा कप्तान हुमैरा तस्नीम कविता कुँवरकोबलमा १ रन जोड्दै क्याचआउट भइन । सोनु खड्काले नवौं ओभरमा शुभ भेन्कटरमणलाई ३ रनमा एलबीडब्लू आउट गरिन् । लगत्तै उदेनी डोनालाई सोनुले पहिलो बलमा पेभेलियन फर्काउँदै यूएईलाई १९-६ को दयनीय स्थितिमा पुर्याइन ।

सेनेविरत्ना १३ रन जोडेको अवस्थामा नेरी थापाको बलमा क्याच आउट भएपछि यूएईको रनगति रोकिएको थियो । नेरीले अर्को ओभरमा नमिता डीसुजालाई पनि खाता खोल्न दिईनन् । नेरीले आफ्नो चौथो ओभरमा नेहा शर्मालाई ६ रनमा आउट गर्दै तेस्रो सफलता हात पारिन् । लगत्तै इशानी सेनेविरत्ने पनि ४ रनमा क्याच आउट भएपछि यूएई ४१ रनम समेटियो ।

नेरीले समग्रमा ३.३ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिइन् । नेपालको लागि सिता रानामगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र कविता कुँवरले पनि २-२ विकेट बाँडे ।

कप्तान रुवीना क्षेत्रीले नटअाउट १८ र ओपनर काजल श्रेष्ठले १५ रन जोडेपछि नेपालले सहज जित दर्ता गरेको हो । काजलले २५ बलमा २ चौका प्रहार गर्दै १५ रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री वेलवसेले १७ बलमा १ छक्का र २ चौका सहित १८ रनमा अविजित रहिन् ।

नेपालका लागि ओपनर काजल श्रेष्ठ र सिता रानामगरले ६.१ ओभरमा २३ रनको साझेदारी गरे । सिता ६ रन जोड्दै इशा ओजाको बलमा क्याच आउट भइन् । सातौं ओभरकै चौथो बलमा डेब्यु गरिरहेकी अप्सरी बेगम खाता नखोली पेभेलियन फर्कीइन् । यूएईका लागि ईर्शा ओझाले २ र काभिसाले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *