लक्ष्मी वैंक लि. र कुमारी बैंक लि. काे लाभांश प्रस्तावः कसकाे वाेनस कति ?
Investopaper, Jan 10, 2019
काठमाडौंः नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुई वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। लक्ष्मी बैंक र कुमारी बैंकले लाभांश प्रस्ताव गरेका हुन्।
लक्ष्मी बैंक लि. ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।
गत आर्थिक वर्षमा बैंकले एक अर्ब १६ कराेड ६३ लाख वितरणयाेग्य नाफा कमाएको थियो । यहि नाफाबाट बैंकले बाेनस बाँड्न लागेकाे हाे । हाल बैंकको चुक्ता पूँजी आठ अर्ब २२ करोड रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी बढेर आठ अर्ब ९२ करोड पांच लाख रुपैयाँ पुग्ने छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
त्यसैगरी कुमारी बैंक लि.ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आफूसँग गाभिएका बैंकका शेयरधनीलाई लाभांशमा कर नलाग्ने भएककाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ। गत अा.व. मा काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्स गरी चार संस्था कुमारीमा विलीन भएका थिए।
बैंकको हाल चुक्ता पूँजी सात अर्ब १६ करोड रुपैयाँ छ। अघिल्लाे अा. व. काे वाेनस शेयर १२.७५ प्रतिशत (९१ करोड २२ लाख रुपैयाँ) र याे ८.५० प्रतिशतले हुन आउने ६० कराेड ८८ लाख गरी बैंककाे चुक्त्ता पूँजी ८ अर्ब ६८ कराेड रूपैयाँ पैयाँ पुग्नेछ ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।