लगानीकर्ताको हितमा धितोपत्र वोर्डका दुइ सकारात्मक निर्णयः
Investopaper, jan 08, 2019
नेपाल धितोपत्र वोर्डको सोमवार बसेको संचालक समितिको वैठकले नेपाल धितोपत्र निष्कासन तथा वांडफांड निर्देशिका २०७४ संशोधन गर्दै निम्न व्यवस्था लागु गर्नुपर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालबाट गठित मुंद तथा पूंजी वजार अध्ययन कार्यदलले दिएको सुझावलाइ कार्यन्वयन गर्ने क्रममा यस्तो निर्णय गरिएको जनाइएको छ । यसबाट लगानीकर्ता थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।
नेटवर्थ वरावर एफपिओ मूल्य तोक्नु पर्ने :
अव देखि नेप्सेमा सूचिकृत कम्पनीहरुले थप सार्वजनिक निष्कासन (एफपिओ) कम्पनीको प्रतिशिेयर नेटवर्थ वरावरको मूल्य कायम गर्नु पर्ने छ । यस अघि जस्तै थप प्रिमियम तोक्न पाईने छैन । तर उत्पादनमूलक क्षेत्र (रियल सेक्टर) का कम्पनीहरुले भने सार्वजनकि निष्कासन गर्नुपरेमा नेटवर्थको दुई गुनासम्म मूल्य तोक्न पाउने छन ।
न्यून रेटिंग पाउने कम्पनीलाइ सार्वजनिक निष्कासन गर्न वन्देज :
कुनै पनि कम्पनीले सार्वजनिक शेयर निष्कासन गर्नु पूर्व (आईपिओ जारी गर्नुअघि) लगानी कर्तालाइ विद्यमान जोखिम र कम्पनीको यथार्थ अवस्था जानकारी गराउनको लागी रेटिंग एजेन्सीबाट मूल्यांकन गराई रिपोर्ट संलग्न गर्नु पर्दछ । रेटिंग गर्दा सवै अवस्थाहरु मध्यनजर गरी कम्पनीलाई १ देखि ५ अंक प्रदान गरिन्छ । ३ अंकलाई मध्यम अवस्था मान्दा १ लाइ मजवुद तथा ५ लाइ कमजोर सूचकांक मानिन्छ । अब ५ अंक पाउने कम्पनीले आईपिओ जारी गर्न पाउने छैनन । त्यसैगरी ४ अंक पाउने कम्पनीले पनि शतप्रतिशत धितोपत्र प्रत्याभूति गराउनु पर्ने छ ।
Good News… Thanks for the update