विदेशबाट फर्केकालाई स्वदेशमै रोजगारी

इन्भेष्टाेपेपर । मङ्सिर २३, २०७७

काठमाडौं —  गैरआवासीय नेपाली संघ (एनआरन)का उपाध्यक्ष डा. बन्द्री केसीले कोरोना भाइरस महामारीले विदेशमा रोजगारी गुमाएका, अलपत्र परेका र स्वदेश फर्किएका श्रमिकलाई स्वदेशमै रोजगारी दिनुपर्ने बताएका छन्। 

हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैरआवासीय नेपाली संघको भूमिका’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै केसीले सरकारले रोजगारी निर्माणमा ध्यान दिनुपर्ने बताए। 

एनआरएनले कोरोनाको समयमा विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका श्रमिकलाई व्यवस्थापन गर्न करिब २५ करोड खर्च गरेको उनले बताए। श्रम मन्त्रालय, कृषि मन्त्रालय, पराराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालयलगायत विभिन्न संघसंस्थासँग एनआरएनले छलफल गरी श्रमिकलाई स्वदेशै व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न पहल गरिरहेको बताए। एनआरएनले स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि विभिन्न निकायलाई सामेल गराई छिट्टै रोजगार सम्मेलन गर्ने उनको भनाइ छ। 

राष्ट्रिय गौरबका आयोजनामा अधिकांश विदेशी श्रमिक भएकाले अब नेपाली श्रमिकलाई रोजगारी दिनुपर्ने उनले बताए। करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएकाले सो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्नुपर्ने उनले बताए। 

एनआरएनले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई व्यवस्थापन गर्न सरोकारवाला निकायले ध्यान दिन सकिरहेका छैनन्।

‘नेपालमा परम्परागत कृषिमै निर्भर छन्’, उनले भने,‘अब व्यवसायिक कृषिमा जोड दिनैपर्छ।’ 

संघको आइसीसीका सदस्य यस्मिन बेगमले कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका, खाना नपाएका र घर जानलाई खर्च नभएका नेपाली श्रमिकलाई संघले खर्चको व्यवस्था गरी घरसम्म पर्‍याइदिएको बताइन्। हाल कोरोनाले गर्दा मध्यपूर्वमा सबै श्रमिकको अवस्था ठीक भएको जनाउँदै कोरोनाको समयमा सहयोग गरिरहेको अभियान जारी रहेको उनको भनाइ छ।  संघले  विदेशमा समस्यामा परेका श्रमिकलाई नेपाल फकाईएको र अलपत्र परेका महिलालाई आवासको व्यवस्था गरिएको उनको भनाइ छ। याे समाचार आजकाे अन्नपूर्ण पाेस्ट्मा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *