विद्युतीय भुक्तानीको सीमा बृद्धी

इन्भेष्टाेपेपर । फागुन १९, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ ।

राष्ट्र बैंकले बुधवार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको बताएको छ ।

नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि १ लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमासमेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्‍याएको छ ।

जसमा मर्चेन्ट पेमेन्ट २० लाख रुपैयाँ र एकाउन्ट टान्सफर २० लाख रुपैयाँ रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *