विश्वकै ठूलो रंगशालाको नाम भारतीय प्रधानमन्त्रीको नाममा नामाकरण
इन्भेष्टाेपेपर । फागुन २१, २०७७
अहमाबाद । भारतको अहमाबादस्थित विश्वकै ठूलो क्रिकेट रंगशालाको नाम परिवर्तन गरी नरेन्द्र मोदी क्रिकेट रंगशाला नाम दिइएको छ । अहमाबादको मोतेरास्थित सरदार पटेल रंगशालाको नाम परिवर्तन गरी नरेन्द्र मोदी रंगशाला बनाइएको हो ।
रंगशालालाई व्यापक पुनर्निमाण र बिस्तारपछि सिट क्षमता बढाउँदै विश्वकै ठूलो क्रिकेट रंगशाला बनाइएको थियो। अहिले रंगशालाको सिट क्षमता एक लाख दश हजार पुर्याइएको छ। रंगशालाको पुनर्निमाण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममानामाकरण गरिएको हो ।
राष्ट्रपति रामनाथ कोभिन्द, गृह मन्त्री अमित शाह, खेलकुद मन्त्री किरेन रिजिजु, गुजरातका गभर्नर आचार्य देभभ्रत उपस्थित रहेको उद्घाटन समारोहमा रंगशालाको नयाँ नाम घोषणा गरिएको हो । क्रिकेट रंगशाला सँगै अन्य फुटबल, हकी जस्ता खेलहरुका लागि अभ्यासशाला समेत निर्माण हुँदैछ । (स्रोतः खालीज टाईम्स)
