विश्व जगतमा अमेरिकी सहायता कटौतीको विरोध

Investopaper, मंसिर २२, २०७६

वासिङ्टन, मध्य अमेरिकी देशहरुमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ। अमेरिकी सिनेटरहरुले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशहरुमा अमेरिकाको बदनाम मात्र भएको बताएका हुन्। यस्तो निर्णयको बिरोधमा अमेरिकी विदेशमंन्त्री माइक पोम्पेओको आलोचना भएको हो। ती सिनेटरहरुले विदेशमंन्त्री पोम्पेओको विरोध गरेका हुन्। कटौती गरिएको साहायतामध्य कतिपय त महिला तथा बालबालिकालाई आवश्यक पर्ने सहायता पनि रहेकोमा त्यस्तो अत्यावश्यकीय सहायताको कटौती गरेर मध्य अमेरिकी देशहरुका अतिरिक्त बाहिरी विश्वमा पनि यसको विरोध भएको पाइएको उनिहरुको तर्क छ। अमेरिकी सरकारले हालै मात्र एलसाल्भाडोर,ग्वाटेमाला,होन्डुरसमा आफ्नो सहायता कटौतीको निर्णय गरेको थियो। उक्त निर्णयको अमेरिकाभित्र पनि विरोध भइरहेका बेला त्यहाँका सिनेटरहरुले अमेरिकाका विदेशमंत्रीको व्यापक मात्रामा आलोचना गरेका हुन्।

अमेरिकी सरकारले हालै मात्र एलसाल्भाडर,ग्वटेमाला,होन्डुरसमा आफ्नो सहायता कटौती गर्ने निर्णय गरेको छ।

सिनेटको वैदेशिक मामिलासम्बन्धी डेमोक्रायाटिक दलका सिनेटरहरुले ट्रम्प प्रशासको यो पछिल्लो निर्णयले अमेरिकी देशहरुप्रति अमेरिकाको नीतिको खिल्ली उडाएको बताएका थिए। उनीहरुले अमेरिकी ट्रम्प प्रशासनको यो निर्णय अमेरिकाकै लागि पनि प्रत्युत्पादक हुने धारणासमेत राखे।

उनीहरुले भनेको थिए, यस्तो निर्णयले बाह्य विश्वमा अमेरिकाको इज्जत बढ्दैन बरु बेइज्जत हुन्छ, त्यसैले यस निर्णयमा अमेरिकी सरकारले पुनः विचार नै गर्नुपर्छ। महिला र बालबालिकाका लागि आवश्यक रहेको यस्ता आधारभूत आवश्यकताका वस्तुहरुकै सहायताको कटौतीले हामीलाई निकै निराश तुल्याएको छ, उक्त धारणा राखेका थिए।

यस विषयमा अमेरिकी ट्रम्प प्रशासनले गएको अक्टोबर महिनामा नै आफ्नो धारणा राखेको थियो। ट्रम्प प्रशासनले मध्य तथा ल्याटिन अमेरिकी देशहरुप्रतिको धारणा राम्रो राखेको छैन। ती देशहरुप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुदेखि नै विरोध गर्दै आउनुभएको थियो।

सोही नीतिबमोजिम नै हालै मात्र ट्रम्प प्रशासनले ती देशहरुमा विगत लामो समयदेखि प्रदान गर्दै आएको सहायतामा  भारी मात्रामा कटौती गरेको घोषणा गरेको थियो।

-रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *