श्रम समझदारीपत्र कार्यान्वयन गर्ने सहमति : यूएईद्धारा नेपालसँग घरेलु श्रमिक माग

Investopaper, कार्तिक १९, २०७६

काठमाडौं — गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र यूएई सरकार सहमत भएका छन् । 

काठमाडौंमा आइतबार र सोमबार बसेको दुई देशका प्रतिनिधिको संयुक्त कार्य समूह (जेडब्लूजी) को बैठकले श्रम समझदारीपत्रमा उल्लेख गरिएका शर्तहरूलाई कार्यान्वयन गर्ने विषयमा सहमति जनाएका हुन्। 

नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले हालै दुई देशबीच भएको श्रम समझदारी आजबाट कार्यान्वयनमा आएको बताए ।

‘श्रम सम्झदारीलाई कार्यान्वयन गर्न बसेको यो बैठकमा यूएई सरकारले नेपालबाट घरेलु श्रमिक समेत पठाउन हामीलाई अनुरोध गरेका छन्,’ सहसचिव घिमिरेले कारोबारसँग भने, ‘नेपालबाट घरेलु कामदार माग गर्ने सम्बन्धमा यूएई सरकारले हालै कार्यान्वयनमा आएको नयाँ कानुनको बारेमा जानकारी गराएका छन् ।’ 

नेपाल र यूएइबीच हालै सम्पन भएको श्रम समझदारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमतिसहित सोमबार बैठक सम्पन्न भएको थियो। बैठकमा सहभागी हुन यूएई सरकारका प्रतिनिधि शनिबार काठमाडौं आएका हुन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *