संविधान दिवसका अवसरमा २८२ जना कैदीहरू रिहा हुँदै
Investopaper, असाैज ०३, २०७६
काठमाडौँ — नेपाल सरकारले संविधान दिवसका उपलक्ष्यमा २ सय ८२ कैदीको बाँकी सजाय मिनाहा गरी शुक्रबार रिहा गर्ने भएको छ ।
सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २ सय ८२ जनाको कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी बाँस्कोटाले दिए ।
सूचना संचारमन्त्री तथा सरकारका प्रवक्ता गाेकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले कैद भुक्तान गरिरहेका २८२ जना कैदीहरूकाेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद तथा सजाय माफी दिने निर्णय गरेको छ ।