कामना सेवा बैंकद्वारा ओभर ड्राफ्ट कार्ड सेवाकाे शुभारम्भ
Investopaper, असाैज ०३, २०७६
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओभर ड्राफ्ट (Over Draft) कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो सेवा शुभारम्भ गरेको छ ।
बैंकका संचालक श्री विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको थियो ।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओभर ड्राफ्ट कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम बिना झंझट झिक्न सक्ने तथा सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताउनु भयो । साथै, ओभर ड्राफ्ट कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गर्नुभएको थियो ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९९ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जानकारी गराएकाे छ।
