साना किसान विकास लघुवित्तको वुक क्लाेज अाजः माघ १८ गते साधारणसभा
Investopaper, Jan 16, 2019
साना किसान विकास लघुवित्त वित्तीय संस्था (Sana Kisan Bikas Laghubitta Bittaya Sanstha Ltd.) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अाज माघ २ गते बुधबार अन्तिम दिन रहेको छ।
भाेली बिहीबारदेखि बुकक्लोज गर्ने भएकाले २५ प्रतिशत बोनस र १.३१७ प्रतिशत नगद लाभांश गरि कूल २६.३१७ प्रतिशत लाभांश पाउन आजसम्म शेयरधनी भैसकेको हुनुपर्छ ।
लघुवित्तकाे सत्रौं वार्षिक साधारण सभा माघ १८ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे आह्वान गरेको छ । सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै ४ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।
हाल ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पुंजी रहेको साना किसान लघुवित्तकाे बोनस वितरणपछि ७८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।