सार्कखेललाई पुनर्जीवन दिऔः प्रधानमन्त्री

Investopaper, मंसिर २३, २०७६

काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा वलीले अबरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन शीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

शर्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आइतबार दिनभएको सन्देशमा उहाँले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्धश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो छ। सन्देशमा उहाँले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एसियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदष्यराष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृद रहेको बताउनुभएको छ।

दक्षिण एसियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशा क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता बृद्धिमा जोड दिदै प्रधानमन्त्री वलीले सार्कलाई गतिशिल एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। द्रुत आर्थिक विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सिर्जना गरी दक्षिण एसियाका जनताको जीवनस्तर उकास्न सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्री वलीले स्मरण गर्नुभएको छ।

“सार्क दक्षिण एसियाका जनताको साझा मञ्च हो। गरिबी, जलवायु परिवर्तन,आतङ्कवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो”, उहाँले सन्देशमा भन्नुभएको छ। यसैगरी माल्दिभ्सका राष्ट्रपती इब्राहिम मोहम्मद सोलिहले दिनुभएको सन्देशमा दक्षिण एसियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिनुभएको छ।

यसै अवसरमा बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेनले पनि एक सन्देश जारी गरी तीन दशकभन्दा पुरानो साझा क्षेत्रीय सङ्गठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास ,सामाजिक उन्नयनका निम्ति उपयोग गर्न अपरिहार्य भएको बताउनुभएको छ।सार्कका महासचिब अमजद हुसेन बी सियालले आठवटै सदस्यराष्ट्रका राष्ट्रअध्यक्ष् सरकारप्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

-रासस–

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *