सिद्धबाबा सूरुङ मार्गका लागि ग्लोबल टेण्डर आह्वान

इन्भेष्टोपेपर । जेष्ठ ९, २०७

बुटवल ।  सिद्धार्थ राजमार्गको बुटवल तानेसन खण्डस्थित सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ । सो क्षेत्रमा हरेक मौसममा पहिराले जनधनको ठूलो क्षति पुर्याउदै आएको थियो ।

धेरै बर्षको प्रतीक्षापछि सूरुङ मार्ग बन्ने प्रक्रिया अघि बढेको हो । त्यसका लागि आईतबार नेपाल सरकारले टेण्डर आब्हान गरेको छ । त्यसलाई पुष्टि गर्दै अर्थमन्त्री तथा रुपन्देहीका जनप्रतिनिधि बिष्णु पौडेलले अब कुनै पनि हालतमा सूरुङ मार्गको काम अघि बढ्ने बताउनुभयो । सूरुङ मार्ग निर्माणपछि जनधनको क्षति रोकिने र यसले समृद्धिको अभियानलाई सघाउने उहाँले बताउनुभयो ।

उहाँका भनाईमा छिट्टै अन्तरराष्टिय स्तरका निर्माण ब्यवसायीहरुको सहभागितामा सुरुङ निर्माण कार्य अगाडि बढ्ने छ । आईतबार नेपाल सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयले सूचना प्रकाशित गर्दै टेण्डर आब्हान गरेको हो । यो ग्लोवल टेण्डर आब्हान हो ।

असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको छ । यसअघि सुरुङमार्ग निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ । अर्थमन्त्रालयले अघिल्लो बर्ष नै १० अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चितता पनि गरिसकेको थियो ।

अर्थमन्त्री पौडेलले सुरुङमार्ग निर्माणका लागि रकमको कुनै अभाव हुन नदिने बताउनुभयो ।
सिद्धबाबा क्षेत्रको जोखिम कम गर्न भन्दै यहाँ यसअघि बिभिन्न किसिमका प्रबिधिहरुका परिक्षण र प्रयास भएका थिए ।

सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । जहाँ हरेक समयमा पहिरो खस्दा बर्षेनी जनधनको अपूरणीय क्षति हुँदै आएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *