सिसीएमसीको कार्यकारी प्रमुखमा पूर्वरथी बालानन्द शर्मा
इन्भेष्टोपेपर । जेष्ठ ११, २०७८
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त हुनु भएको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको संयोजकमा नियुक्त गरेको हो ।
नयाँ रणनीतिका साथ कोरोना रोकथाम तथा संकट व्यवस्थानलाई प्रभावकारीरूपमा अघि बढाउन सिसीएमसीकाे निर्देशक समितिको कमान्ड प्रधानमन्त्रीआफैले लिएर स्वतन्त्र विज्ञलाई कार्यकारी नेतृत्व सुम्पेकाे जानकारी गराइएकाे छ । यसअघि सिसीएमसको निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहनुभएकाे थियाे।
प्रधानमन्त्री स्वयंले नेतृत्व गरेकाे यो समितिमा अब उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सिसिएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था अध्यादेशमा गरिएकाे छ।
