सेञ्चुरी बैंकको नाफा गत वर्षको भन्दा ३५ प्रतिशत बढी
Investopaper, कार्तिक २९, २०७६
सेञ्चुरी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३५.३२ प्रतिशतले धेरै हो । गत बर्ष बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड ७ लाख रुपैयाँ छ ।
चालु आवको असोजसम्ममा बैंकमा ६१ अर्ब २४ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ५८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
यो अवधीमा बैंकको खर्च करिब ३ करोड रुपैयाँले बढेको भएपनि सञ्चालन आम्दानीमा उच्च सुधार भएको देखिन्छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी ८ करोड रुपैयाँले वढेको छ । त्यसैगरी बैंकको फि तथा कमिसन आम्दानी भने ६१ लाख रुपैयाँले घटेको छ ।
भएको बैंकको सञ्चित कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा १ अर्ब ११ करोड रुपैयाँ मात्र थियो ।
सेञ्चुरी बैंककाे प्रमुख बित्तीय सुचकाँकहरूः
- बैंककाे चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेकाे छ ।
- प्रतिशेयर आम्दनी १७.६३ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिशेयर आम्दानी १३.५९ रुपैयाँ थियो
- आधार ब्याजदर गतकाे ११.५१ प्रतिशतबाट घटेर १०.४५ प्रतिशत कायम भएको छ ।
- कोषको लागत पनि ८.१० प्रतिशतबाट घटेर ७.९९ प्रतिशत कायम भएको छ ।
- पहिलो त्रैमासमा खराब कर्जा ०.८२ प्रतिशतबाट बढेर २.४७ प्रतिशत पुगेकाे छ ।
- मूल्य आम्दानी अनुपात ८.७४ गुणा रहेको छ ।
